Tel: +44 7886793460 Email: info@chhetrisamajuk.org

क्षेत्री समाज यूकेको नयाँ कार्यसमिति चयन, राजदूत सुवेदीद्वारा शुभकामना


आईतवार ११ आश्विन, २०७७
1043

लण्डन । क्षेत्री समाज यूकेको आइतबार बसेको भर्चुअल बैठकले सन् २०२० – २२ को लागि नयाँ कार्यसमिति चयन भएको छ । संस्थाका निवर्तमान कार्यसमितिका उपाध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

आगामी दुई वर्षका लागि नवगठित कार्यसमितिका सम्पूर्ण समिति नै निर्विरोध रुपमा चयन भएको छ । समाजको नयाँ कार्यसमितिका लागि दुई उपाध्यक्षमा प्रकाश राउत र महेन्द्र केसी, महिला उपाध्यक्षमा श्रद्धा थापा र महासचिवमा क्या. दीर्घ केसी चयन भएका  छन् ।

त्यसैगरी, सचिवमा टोप बहादुर (रुपेश) राउत, कोषाध्यक्षमा मनिष खड्का र सहकोषाध्यक्षमा अन्जना थापा निर्विरोध निर्वाचित भए ।

संस्थाको मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, सामाजिक सेक्रेटरीमा दिल जिसी र महिला संयोजकमा माया केसी छन् भने कार्यसमिति सदस्यहरुमा डा. मिन रानाभाट, बन्दना केसी, गंगाबहादुर क्षेत्री (केसी), मिलन केसी, राजु बोहोरा र यम बहादुर भण्डारी पनि निर्विरोध भएका छन् ।

करिब ५ घण्टा चलेको उक्त भर्चुअल बैठकले पुरानो कार्यसमितिलाई बिदाइ गरि नयाँ कार्यसमितिलाई स्वागत गरेको छ । समाजका निवर्तमान महासचिव कुमार केसीले संचालन गरेको सो कार्यक्रममा सामाजको आर्थिक प्रतिवेदन लगायतका विभिन्न गतिविधिको बारेमा छलफल गरिएको थियो  ।

प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाले नवगठित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी लगायत गैर आवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ, ठकुरी समाज बेलायतका अध्यक्ष रामराज मल्ल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै राजदूत सुवेदीले क्षेत्री समाज बेलायत एक सशक्त सामाजिक संस्थाको रुपमा रहेको र यसले बेलायत मात्र नभई मातृभूमीलाई पनि उत्तिकै सहयोग गर्दै आएको बताए। कविता कन्सर्ट जस्तो साहित्यिक कार्यक्रम आयोजना गरि सिन्धुपाल्चोकको  टेकानपुरस्थित कालिका माविमा विद्युतीय पुस्तकालयसहितको २ कोठे भवन निर्माण गरी पुर्याएको सहयोगको सह्राना गर्दै सम्पूर्ण राजदूतावास र आफ्नो व्यक्तिगत तर्फबाट समेत धन्यबाद व्यक्त गरेका थिए  ।

आफ्नो ४ वर्षे कार्यकालमा सामाजका विभिन्न गतिविधि नियाल्ने र नजिक भएर काम गर्ने अवसर पाएको सुवेदीले बताए । अब केहि समयपछि आफ्नो कार्याकाल पूरा गरेर नेपाल फर्किन लागेको र भौगोलिक रुपमा टाढा भएपनि आवशयक सहयोगको लागि संधै तयार रहने सुवेदीले बताए ।

त्यस्तै गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले पनि क्षेत्री समाज बेलायतको योगदान र सहयोगको चर्चा गरेकी थिइन् । समाजका विभिन्न व्यक्तिहरु एनआरएनए संग प्रत्यक्ष सम्बन्धित रहेको र महत्वपूर्ण योगदान पुर्याएको गुरुङले बताइन् ।

कार्यसमितिका निवर्तमान अध्यक्ष राजन क्षेत्री तथा समाजका संरक्षक ध्रुब केसीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै समाजका निवर्तमान अध्यक्ष क्षेत्रीले भने ‘साँढे दुई वर्षसम्म क्षेत्री समाज बेलायत को अध्यक्ष जस्तो गरिमामय पदमा रहेर काम गर्ने अवसर प्राप्त भयो यसमा सम्पूर्ण अग्रज कार्यसमितिका पदाधिकारी संरक्षक, सल्लहकार, समाजका सदस्यहरु लगायत सम्पूर्ण बन्धु बान्दवको सहयोग सल्लाहको  लागि हार्दिक आभार व्यक्त गर्दछु ।

आउने दिनहरुमा पनि समाजमा रही समाजलाई अझै माथि पुराउने प्रण गर्दछु नया कार्य समितिका अध्यक्ष्य श्री यज्ञ बहादुर क्षेत्री लगायत सिंगो कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।’

त्यस्तैसंरक्षक केसीले पनि समाजलाई अघि बढाउन सबै एकजुट हुनुपर्ने भन्दै नवगठित कार्यसमितिलाई बधाई  तथा शुभकामना दिएका थिए ।

सन् २००७ मा स्थापित क्षेत्री समाज यूके बेलायतस्थित नेपाली समुदायमा सक्रिय संस्थाको रुपमा रहँदै आएको छ । समाजले विभिन्न समयमा च्यारिटीमूलक कार्य समेत गर्दै आएको छ । समाजले मातृभूमीमा पर्ने विभिन्न समस्याको लागि सहयोग प्रदान गर्दै आइरहेको छ ।

Notice Board


विजयादशमी एवम् दिपावलीको  शुभकामना !
नेपालीहरुक महान पर्व बडादशैँ तथा दिपावाली २०७७ को सुखद उपलक्ष्यमा सम्पूर्ण क्षेत्रीबन्धु लगायत स्वदेश तथा विदेशमा  रहनुहुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य  दीर्घायू &nbs...


View Details