Tel: +44 7886793460 Email: info@chhetrisamajuk.org

क्षेत्री समाज यूकेका आजीवन सदस्य रवीजंग लामिछाने सुप्रवल जनसेवा श्री तृतीयद्वारा सम्मानित


शनिबार ३ आश्विन, २०७७
1064

लण्डन । निस्वार्थ भावनाले देश र जनताप्रति समर्पित एकजना लण्डनका सफल व्यवसायी एवं क्षेत्री समाज बेलायतका आजीवन सदस्य  रवीजंग लामिछाने राष्ट्रपति विद्या भण्डारीबाट सुप्रवल जनसेवा श्री तृतीयले विभूषित भएका छन् । लामिछाने सम्मानित भएकोमा क्षेत्री समाज बेलायतका अध्यक्षले सामाजिक संजाल मार्फात बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसका अवसर पारेर लामिछानेलाई विभूषित गर्ने घोषणा गरिएको हो ।  लामिछानेले नेपाल र बेलायतस्थित नेपाली समुदायका लागि निरन्तर सहयोग गर्दै आएका छन् । लामिछानेले केही साता अघिमात्र ’कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी सरकारी कोष’ मा १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका थिए । २०७२ सालको भूकम्पको बेला पनि उनले ५१ लाख रुपैयाँ सहयोग गरेका थिए ।

लामिछानेले बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरका लागि पनि सबैभन्दा बढी करिब २१ लाख रुपैयाँ चन्दा दिएका थिए । नेपालमा दर्जनौं बालबालिकाको पठनपाठनमा सहयोग गरिरहेका लामिछानेद्वारा अन्य विभिन्न क्षेत्रमा थुप्रै सहयोग गरिएको छ । लामिछानेलाई समस्त क्षेत्री समाज बेलायतको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

Notice Board


विजयादशमी एवम् दिपावलीको  शुभकामना !
नेपालीहरुक महान पर्व बडादशैँ तथा दिपावाली २०७७ को सुखद उपलक्ष्यमा सम्पूर्ण क्षेत्रीबन्धु लगायत स्वदेश तथा विदेशमा  रहनुहुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य  दीर्घायू &nbs...


View Details