Tel: +44 7886793460 Email: info@chhetrisamajuk.org

नेपालमा थप ५ सय ५४ जना संक्रमित, एक जनाको मृत्यु


शनिबार १३ असार, २०७७
1069

काठमाडौँ । गएको २४ घन्टामा नेपालमा थप १ सय २० महिला र ४ सय ३४ पुरुष गरि ५ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमितको  सङ्ख्या १२ हजार ३ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित  शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त कुराको  जानकारी दिएका हुन्  । यसैगरी गएको २४ घन्टाभित्र थप एक जना पुरुषको निधन भएको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण  मृत्यु भएको हो । योसँगै  नेपालमा कोरोनाको स‌क्रमणबाट मृत्यु हुनेको स‌ख्या २८ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । मृतक फोक्सोको क्यान्सर रोगका पीडित रहेको जनाइएको  छ ।  यसैगरी थप १ सय ३६ जना डिस्चार्ज भएका छन् । हालसम्म कूल २ हजार ८ सय ३४ जना निको भएर घर फर्किएका छन् । रसुवा जिल्लामा पनि ९ जनामा कोरोना संक्रमण देखिएपछि नेपालको ७७ वटै जिल्ला कोरोना संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमणबाट  कुल मृत्यु हुनेको संख्या २८ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

Notice Board


कोरोना भाइरस (कोभीड १९) सम्बन्धि जरुरि सूचना
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सावधानी अपनाउनको लागि विभिन्न कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । यो भाइरस अन्य कुनै भाइरस संग नमिल्ने भएकाले यसलाई नोभेल कोरोना भाइरस भनि...


View Details