Tel: +44 7886793460 Email: info@chhetrisamajuk.org

विश्वभर कोरोनाबाट ३ लाख ८३ हजारको मृत्यु


बुधबार २१ जेष्ठ, २०७७
1100

लन्डन । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ९ सय १४ पुगेको छ । यसैगरी संक्रमितको संख्या ६४ लाख ७४ हजार २ सय ५ पुगेको वर्ल्डओमिटरले जानकारी दिएको छ । बुधबार बिहानसम्म कोरोना संक्रमण भएकामध्य ३० लाख ८३ हजार ६ सय ५० जना निको भएका छन् ।

विश्वभरमा ३० लाख ६ हजार ७ सय ८० जना संक्रमितको  हाल उपचार भैरहेको छ । संक्रमितमध्ये ५४ हजार ५ सय १९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । वर्ल्डओमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार २ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । हालसम्म अमेरिकामा १ लाख ८ हजार ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


युरोपमा २० लाख २० हजार ४ सय ७६ जना संक्रमित छन् र १ लाख ७५ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । युरोपमा सबैभन्दा बढी बेलायतमा ३९ हजार ३ सय ६९ जनाको निधन भैसकेको छ । तेस्तै इटालीमा ३३ हजार ५ सय ३० जना, फ्रान्समा २८ हजार ९ सय 40 र स्पेनमा २७ हजार १ सय २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

एसियामा १२ लाख ७ हजार ४ सय ६५ जनामा कोरोना संक्रमण छ । तेस्तै एशियामा कोरोना संक्रमित ३२ हजार ३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ६० हजार १ सय जना संक्रमित छन् भने ४ हजार ५ सय २२ जनाको मृत्यु भएको छ ।

Notice Board


कोरोना भाइरस (कोभीड १९) सम्बन्धि जरुरि सूचना
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सावधानी अपनाउनको लागि विभिन्न कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । यो भाइरस अन्य कुनै भाइरस संग नमिल्ने भएकाले यसलाई नोभेल कोरोना भाइरस भनि...


View Details